Section 30A
मुद्दाको तहकिकात र दायरी
यस ऐनबमोजिम सजाय हुने कसुरसम्बन्धी मुद्दाको तहकिकात कम्तीमा राजपत्रअनंकित प्रथम श्रेणीसम्मको कर्मचारीले गर्नेछ र त्यस्तो तहकिकातको काम पूरा भएपछि सडक विभागको सम्बन्धित कार्यालय प्रमुखले सडक विभाग वा दफा ३१ बमोजिम तोकेको अधिकारी समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।